Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने विपक्षी दलहरुको माग


नया सडक

२०८१, जेठ ४ शुक्रबार

  • 630
    Shares

  • सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने  विपक्षी दलहरुको   माग

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नेतृत्वमा विपक्षी दलहरूले  सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति बनाउनु पर्ने एकमतले माग गरेका छन् । 

    नेपाली कांग्रेसको आयोजनामा बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले शुक्रबार यस्तो निर्णय गरेको हो । 

    सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।अबदेखि कांग्रेसको मागलाई अन्य विपक्षी दलले पनि साथ दिने भएका हुन् ।

    बैठकमा कांग्रेसका साथै, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेता सहभागी थिए ।

    प्रतिक्रिया दिनुहोस