Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

गर्मीसँगै तराईमा ‘लू’


नया सडक

२०८१, जेठ ५ शनिबार

  • 918
    Shares

  • गर्मीसँगै तराईमा ‘लू’

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कतिपय स्टेसनमा तापक्रम ४० डिग्रीभन्दा माथि पुगेसँगै तराईका जिल्लामा तातो हावाको लहर अर्थात ‘लू’ चल्न थालेको छ । सरकारसँग यसबाट बच्ने पूर्वतयारी तथा प्रतिकार्यको व्यवस्था भने केही छैन ।

    २०७४ सालमा सरकारले ल्याएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले लूलाई विपद् मानेको छ । तर, सरकारसँग मापदण्ड र यसले पुर्‍याउने क्षतिबारे यकिन तथ्यांक छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले विपद् ऐन आइसकेपछि लू विपद् हो भन्नेमा एकमत भए पनि कति तापक्रम पुग्नुलाई लू मान्ने भन्ने यकिन मापदण्ड नभएको बताए ।

    विश्व स्वास्थ्य संगठनका अनुसार भारतका समथर मैदानी क्षेत्रमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी र पहाडी क्षेत्रका लागि ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम पुग्नुलाई लू भन्ने गरिन्छ । नेपालमा लूले पारेको प्रभावबारे तथ्यांक नभएको भने होइन । संयुक्त राष्ट्र संघको विपद् जोखिम न्यूनीकरण कार्यालयको डेसिन्भेन्टर डटनेटमा उपलब्ध तथ्यांकअनुसार २०२९ जेठ २४ देखि २०६९ भदौ २ सम्म २३ जिल्लामा ४९ वटा लूका घटना भएका थिए । जसबाट ४५ जनाको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए ।

    २ सय १० जना यसबाट प्रत्यक्ष प्रभावित भएका थिए भने ३ सय ८१ जना अप्रत्यक्ष प्रभावित भए । धनुषाका २५० पशुचौपाया नष्ट भए । जुन महिनामा सबैभन्दा धेरै २७ वटा लूका घटना भएका थिए । सो तथ्यांकअनुसार नेपालमा लूको प्रभाव फेब्रुअरीबाट सुरु भएर अगस्टसम्म देखिएको छ । ‘डेसिन्भेन्टरले यसपछिको तथ्यांक लिनै छाड्यो,’ तातो हावाको लहर लुको प्रभाव र पूर्वतयारी विषयमा महाशाखाले बिहीबार राखेको विपद् संवाद कार्यक्रममा उपसचिव शर्माले भने, ‘नेपालको विपद् पोर्टलहरू हेर्दा त्यसपछिको तथ्यांक भेटिँदैन ।’यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

     

    प्रतिक्रिया दिनुहोस