Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

गौशाला चोक ठडिएका अवैध भवनहरूमा मेयर बालेनको डोजर


नया सडक

२०८१, जेठ ६ आइतबार

  • 585
    Shares

  • गौशाला चोक ठडिएका अवैध भवनहरूमा  मेयर बालेनको  डोजर

    काठमाडौं । मेयर बालेन साह नेतृत्वको काठमाडौं महानगरपालिकाले गौशाला चोक ठडिएका अवैध भवनहरूमा डोजर लगइ भत्काउन सुरु गरेको छ ।  गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले आज बिहान डोजर चलाएको हो ।

    अतिक्रमित संरचना हटाउन चार वटा डोजर प्रयोग गरिएको बेला  सवारी आवागमन पनि असहज भयो  । काठमाडौं महानगरपालिकाको मेयर बनेपछि बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान सुरु गरेका थिए ।

    काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले गौशालादेखि एयरफोर्टतर्फ जाने सडक खण्डमा सडक सीमा क्षेत्रभित्र परेका घरहरु भत्काउन सुरु गरिएको जानकारी सार्वजनिक गरेका हुन् । पाण्डेले  जनाए अनुसार  आज पहिलो दिन ६ वटा घरहरु भत्काइएको छ ।

    काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो । १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो । तर घर धनीले आफैं नभत्काएपछि महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख पाण्डेले जनाए ।

     

    प्रतिक्रिया दिनुहोस