काठमाडौं । आज नेप्से परिसूचक ४५.६९ बढेर २०६४.४५ विन्दुमा आएको छ । आज ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् ।
यस दिन ३२३ कम्पनीको १ करोड २२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७४ हजार ९ ९१ वटा कारोबार भएको हो ।
१४ करोड ८० लाखसहित कारोबार रकममा सीइडीबी हाइड्रोपावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः फस्ट माइक्रोफाइनान्स र हिमालयन लाइफ इन्सुरेन्स परेका छन् ।