Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभा बैठक शुरु (प्रत्यक्ष प्रसारण )


नया सडक

२०८१, जेठ ६ आइतबार

  • 627
    Shares

  • प्रतिनिधिसभा बैठक शुरु (प्रत्यक्ष प्रसारण )

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेटका लागि बैठक बस्ने कार्यसूची भएपनि दूईपटकसम्म सारेर साढे चार बजेका लागि निर्धारण भएको थियो । दोस्रोपटक निर्धारण गरिएको समयभन्दा करिब दुई घण्टा ढिलोगरी बैठक शुरु भएको हो ।
         प्रतिनिधिसभोको बैठक आज बिहान ११ बजे बस्नेगरी तय भएकोमा दलहरुबीच संसदीय छानबिन समितिको कार्यादेशमाथि सहमति जुट्न नसकेपछि दिउँसो २ बजेसम्मका लागि सारिएको थियो । त्यो अवधिमा पनि दलहरुबीच सहमति नजुटेपछि दोस्रोपटक सारेर साढे ४ बजेका लागि निर्धारण गरिएको थियो ।
    बैठक सुरु भएपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सभामुख देवराज घिमिरेले बोल्न समय दिनुभएपछि गृहमन्त्री लामिछानेले भनाइ राखिरहनुभएको छ ।  
         आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस