Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित


नया सडक

२०८१, जेठ ७ सोमबार

  • 504
    Shares

  • प्रतिनिधिसभा बैठक १५ मिनटका लागि स्थगित

     

    काठमाडौँ ।प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

     

    बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले आसनबाट उभिएर विरोध जनाउनुका साथै बेल घेराउ र नाराबाजी गर्नुभएको थियो । करिब १५ मिनेटको कांग्रेसको नाराबाजी र विरोधपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको हो ।

     

    कांग्रेसले सहकारीको रकम अपचनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद् बैठकअवरुद्ध गर्दै आएको छ । बैठकमा राष्ट्रपतिलाई धन्यवाद दिने र प्रधानमन्त्रीले विश्वासको मत लिनेसम्बन्धी कार्यसूची तय गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस