Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी


नया सडक

२०८१, जेठ ८ मंगलबार

  • 615
    Shares

  • कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको  हो ।

    सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो ।सोही मुद्दामा सिरोहिया विरुद्ध पक्राउ पुर्जी जारी गरिएको  जिल्ला अदालत धनुषाका  सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले जानकारी सार्वजनिक गरेका हुन् । 

    आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।

    सिरोहियाले यसको प्रतिवाद गर्दै एक विज्ञप्ति निकालेर सत्ता र शक्तिको दुरुपयोग गर्नेसँग विचलित नहुने जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस