Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

सेप्टेम्बरमा लञ्च हुने आइफोन १६ कस्तो छ ?


२०८१, जेठ ९ बुधबार

  • 747
    Shares

  • सेप्टेम्बरमा लञ्च हुने आइफोन १६ कस्तो छ  ?

    काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पल इंकले सेप्टेम्बरमा आइफोन १६ लञ्च गर्नेछ । अहिलेसम्म नयाँ आइफोनका कयौं फिचर र डिजाइन लिक भएका छन् । डिजाइनलाई लिएर मिम्स पनि भाइरल भएका छन् । आइफोन १६ को क्यामरा मोड्यूल झट्ट हेर्दा आइफोन ११ र १२ जस्तै अर्थात् भर्टिकल मोड्यूल छ । त्यसैले आइफोन ११ र १२ चलाउनेहरु उत्साहित देखिएका छन् ।

    तर फोनको डिजाइन केही फरक छ । समग्र डिजाइनमा पनि खासै परिवर्तन देख्न नपाइने संक्ेत छ । यस पटक कम्पनीले डिस्प्लेमा पहिलाभन्दा धेरै कम बेजल्स यूज गर्नेछ । आइफोन १६ सिरिजमा डाइनामिक आइल्यान्ड देख्न पाइनेछ । आइफोन १६  र आइफोन १६ प्लसमा आइफोन १५ प्लसको जस्तै एक्शन बटन दिइने छ । 
    आइफोन प्रो र आइफोन १६ प्रो म्याक्समा अर्को एउटा बटन पनि देख्न पाइनेछ । यो बटन डेडिकेटेड क्यामरा शटरको लागि हुनेछ । एक्शन बटनसहित यो नयाँ बटनलाई प्रयोगकर्ताहरुले कतिको मन पराउनेछन् यो भने हेर्न बाँकी नै छ ।

    फोनमा आइफोन १५ र आइफोन १५ प्रो म्याक्समा प्रयोग गरिएको प्रोसेसर अर्थात् ए१७ बायोनिक हुनेछ । तर यो प्रोसेसर पहिलाको भन्दा निकै  फाष्ट हुने अनुमान गरिएको छ । फोनमा ए१८ चिपसेट राखिनेछ । यस अघि भने नयाँ आइफोन लञ्च हुन सक्ने अफवाह सुन्नमा आएको थियो । तर पछिल्ला समाचारहरुमा आइफोन १६ अल्ट्रा लञ्च हुने कुनै आशा नभएको बताइएको छ ।

    यस पटक कम्पनीले आइफोन १६ मा टन्नै एआई फिचर ल्याउने आशा भने छ । आइफोन १६ प्रो र प्रो म्याक्समा केही जेनरेटिभ एआई फिचर्स हुन सक्ने आशा गरिएको छ । सामान्य आइफोन १६ मा यो फिचर हुने आशा छैन । पैसाको कुरा गर्ने हो भने आइफोन १६ प्रो र १६ प्रो म्याक्स आइफोन १५ प्रो र १५ प्रो म्याक्सको तुलनामा १० प्रतिशत बढी महँगो हुने आशा गरिएको छ । आइफोन १६ र आइफोन १६ प्लसको मूल्य भने पछिल्ला आइफोन जत्तिकै हुन सक्नेछ ।

    हरेक वर्ष कम्पनीले नयाँ आइफोनमा पहिलाको तुलनामा अलि धेरै ब्याट्री ब्याकअप दिने दाबी गर्ने गरेको छ । यसपाली पनि यस्तै हुनेवाला छ । खबरहरूका अनुसार पहिलाको तुलनाम अलि बढी फाष्ट चार्ज दिन सक्नेछ । पछिल्ला मोडलको तुलनामा यस पटक प्रो मोडलमा ६.३ इञ्चको डिस्प्ले हुनेछ । प्रो म्याक्समा ६.९ इञ्चको डिस्प्ले हुन सक्नेछ । क्यामराको कुरा गर्नु पर्दा आइफोन १६ र आइफोन १६ प्लसमा नयाँ क्यामरा सेन्सर हुने छैन । कम्पनीले आइफोन १५ प्रोकै सेन्सर प्रयोग गर्नेछ । आइफोन १६ प्रो र १६ प्रो म्याक्समा नयाँ सेन्सर हुन सक्नेछ ।एजेन्सीहरुको सहयोगमा  तयार परिएको यो समाचार रातोपाटीमा प्रकाशित भएको छ 

    प्रतिक्रिया दिनुहोस