वीरगन्ज । भन्सार छलीका सामानसहित ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष जाँचका क्रममा प्रहरीले भन्सार छलीका १ करोडभन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
यी दुवै ट्रकमा रहेका कपडा, औषधी तथा खुद्रा सामानहरूको बिल शंकास्पद देखिएकोले नियन्त्रणमा जनाएको छ । प्रहरीले वीरगन्ज– १६ ईदगाह चोकबाट १ लाख ५४ हजार ६०० मूल्यका कालो सखड, काउली बदाम र ईनो लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ । बरामद सामानसहितका ट्रक आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।