Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेशनल फण्ड म्यानेजमेन्टको विशेष साधारण सभा जेठ २५ गते , प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव


नया सडक

२०८१, जेठ ९ बुधबार

  • 501
    Shares

  • नेशनल फण्ड म्यानेजमेन्टको विशेष साधारण सभा जेठ २५ गते , प्रिमियममा आईपीओ निष्कासन गर्ने प्रस्ताव

    काठमाडौं ।  नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २५ गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
    सभा काठमाण्डौको धुम्बाराहीमा रहेको होटल अकामामा दिउँसो २ बजेदेखि शुरु हुनेछ ।सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने र कम्पनीको ५० रुपैयाँ प्रतिशेयरमा २ बराबर १ अर्थात ५० प्रतिशतले हुन आउने २७ करोड रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने, प्रबन्धपक्र तथा नियमावली संशोधन गरि चुत्ता पुँजी र जारी पुँजी बढाउने प्रस्ताव पारित गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस