Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा  होहल्ला गर्नु आवश्यक नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ


नया सडक

२०८१, जेठ ९ बुधबार

  • 522
    Shares

  • कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा  होहल्ला गर्नु आवश्यक नभएको प्रधानमन्त्री प्रचण्डको भनाइ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउका विषयमा  होहल्ला गर्नु आवश्यक नभएको बताएका छन् ।

    काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रममा  उद्घाटनपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिने बेला यस्तो बताएका हुन् । 

    अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया  आफूले बुझेको बताउँदै प्रधानमन्त्री प्रचण्डले  यो बढ्ता हो–हल्ला गर्न जरुरी न भएको बताए ।

    सरकारले रिसिबी साध्यो भन्ने आरोप छ नि भनी सोधिएको प्रश्नको जवाफमा  प्रधानमन्त्री प्रचण्डले  त्यो गलत कुरा गलत  भएको  बताए ।

    गृहमन्त्री रवि लामिछाने व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप खण्डन गर्दै प्रचण्डले   त्यो मान्छेले भन्ने कुरा भएको निर्दोष भए सजिलै छुटिहाल्ने भने ।

    नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ परेका थिए । उनलाई मंगलबार नै धनुषा पुर्‍याइएको थियो । अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेश गरेको छ ।

    प्रतिक्रिया दिनुहोस