काठमाडौं । आज नेप्से परिसूचक १५.५४ बढेर २१३१.४९ विन्दुमा आएको छ । आज ५ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । ४ समूहका सूचक बढेका छन् ।
यस दिन ३१८ कम्पनीको १ करोड ४४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २४ करोड ४२ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेरुडे मिर्मिरे लघुवित्त अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा फाइनान्स र सीइडीबी हाइड्रोपावर रहेका छन् ।