Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अदालतको अनुमति


नया सडक

२०८१, जेठ ९ बुधबार

  • 756
    Shares

  • कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अदालतको  अनुमति

    काठमाडौं । धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  अनुमति दिएको छ ।

    जिल्ला अदालतका श्रेस्तेदार कैलाश प्रसाद भट्टराई जानकारी सार्वजनिक गरे  अनुसार जिल्ला न्यायाधीश चुरामन खड्काले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएका हुन् ।

     प्रहरीले  सिरोहियालाई मंगलबार काठमाडौँबाट पक्राउ गरी धनुषा लगेको थियो ।  उनले दोहोरो नागरिकता लिएको आरोपमा परेको उजुरीमाथि प्रहरीले आवश्यक कारबाही प्रक्रिया अघि बढाएको हो । सोही क्रममा धनुषा प्रहरीले उनीविरुद्ध जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस