Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा ४१.३१ मेगावाटको सुपर बागमती हाइड्रोपावरमा लगानी गर्ने सम्झौता


नया सडक

२०८१, जेठ १० बिहीबार

  • 534
    Shares

  • लक्ष्मी सन्‌राईज बैंकको अगुवाईमा ४१.३१ मेगावाटको सुपर बागमती हाइड्रोपावरमा लगानी गर्ने सम्झौता

    काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंक र सुपर बागमती हाइड्रोपावर लिमिटेडबीच सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । 

    यो कम्पनीले ललितपुर र मकवानपुरस्थित बागमती नदीमा निर्माण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको हो । यो आयोजनाको कूल लागत रू नौ अर्ब २८ करोड रहेको छ । सुपर बागमती हाइड्रोपावरले माघ १२, २०७८ मा विध्युत विकास विभागबाट आयोजना निर्माणको लागि विध्युत उत्पादनको अनुमति पत्र लिई असार २५, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विध्युत खरीद बिक्री सम्झौता समेत गरिसकेको छ । 

    सो कम्पनीको प्रवर्द्वकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी र एएनके कन्स्ट्रकशन रहेका छन् । सो परियोजना निर्माणको लागि लक्ष्मी सन्‌राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदक÷संस्थापकहरुको लगानी रहने छ । सो परियोजनामा लक्ष्मी सन्‌राईज बैंकको कर्जा प्रतिवद्धता तीन अर्ब चार करोड रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरुमध्ये सह–अगुवा एभरेष्ट बैंकको दुई अर्ब पाँच करोड तथा सिटिजन्स बैंकको एक अर्ब लगानी रहेको छ । 
    सो आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिव २४३.८ गिगावाट आवर विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र उर्जा उत्पादकको मध्येको ठूलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।

    प्रतिक्रिया दिनुहोस