Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

माडवाडी सेवा समिति नेपालको निर्वाचन भोलि , बजाज र चौधरी समूहबीच कडा प्रतिस्पर्धा हुँदै

माडवाडी सेवा समिति नेपालको निर्वाचन भोलि , बजाज र चौधरी समूहबीच कडा प्रतिस्पर्धा हुँदै

  • काठमाडौं । माडवाडी सेवा समिति नेपालको निर्वाचन भोलि हुँदैछ ।  भोलि  जेठ १२ गते  (तदनुसार २०२४ मे २५ तारिख)  शनिबारका दिन आम्रपाली ब्यांकेट काठमाडौंमा  हुने कार्यसमिति सदस्यको निर्वाचनमा सीए नारायण बजाज र उद्योगी व्यवसायी प्रमोद चौधरी बीच कडा प्रतिस्पर्धा हुने सेवा समितिमा आबद्ध सदस्यहरूले बताएका हुन् ।

    निर्वाचनमा  ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा  ३१ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । यसरी निर्वाचित हुने कार्यसमिति सदस्यहरूले अध्यक्षलगायतका पदाधिकारी चुन्ने सेवा समितिको विधानमा प्रावधान छ ।

    प्रमोद चौधरी समूहमा को को छन् उम्मेदवार ?

    प्रमोदकुमार चौधरी, अनिलकुमार केडिया, अनुराग गोयल, अशोककुमार पोद्दार, आनन्दकुमार रुंगटा, ओमप्रकाश लोहिया, ऋषिकेश जाजोजिया, कैलाशकुमार नौलाखा, दिलिपकुमार कुण्डलिया, देवानन्द सरावगी, धर्मेन्द्र अग्रवाल( मोहन कुलेश्वर) नन्दकिशोर शर्मा, पवन अग्रवाल(कुलेश्वरवाले), पंकज जालान, दिलिपकुमार सारडा, भवानीशंकर मिन्डा, पवन मित्तल(अग्रवाल), मनोजकुमार चितलागिंया, राजेशकुमार अग्रवाल धरानेवाल,विजयकुमार अग्रवाल( चौधरी) , दिलिपकुमार अग्रवाल(चचान), विनोदकुमार अग्रवाल(मोर),विनोदकुमार संगतानी,श्यामलाल सरावगी, श्रवणकुमार अग्रवाल(मनोज हरलालका), श्रवणकुमार संघई, श्रीनिवास अग्रवाल चैनवाल, सन्तोषकुमार अग्रवाल खेतान, सञ्जयकुमार अग्रवाल(सर्राफ), सञ्जयकुमार भूपाल र सन्दिप माखरिया छन् ।

    marbadi c.jpg
    यी हुन् बजाज समूहका उम्मेदवारहरू
    नारायण बजाज, पशुपति टेकडीवाल,जगमहेन्द्र गोयल, ओमप्रकाश बंशल, विमलकुमार केडिया, अनिलकुमार अग्रवाल(धानौटीवाल), सुशीलकुमार शर्मा, अनिलकुमार शर्मा( अमृतभोग), विमलकुमार अग्रवाल(मित्तल), सन्तोषकुमार चौधरी, अरुणकुमार डोकानिया, राजकुमार अग्रवाल(झापाली), ऋषिकुमार अग्रवाल(झापाली), सुबोधकुमार गाडिया( हेमन्त), चतुर्भुजअग्रवाल सरिया, प्रवीणकुमार अग्रवाल चैनवाला, सुनिलकुमार बंशल( धानुका), कमलेशकुमार रतेरिया,श्यामसुन्दर घिरैया, अनिलकुमार जालान, महावीर प्रसाद अग्रवाल (घिरैया), प्रेम टिबडेवाल, श्यामसुन्दर गुप्ता( सुँगामसी), सुवासचन्द्र गोयल, रमेशकुमार अग्रवाल(किसान), अशोककुमार अग्रवाल(तोदी), महावीरप्रसाद अग्रवाल( पोेद्दार) , दिनेशकुमार चोखानी, सुशीलकुमार खेमका र सुनिलकुमार खेतान रहेका छन् ।

    marbDI N.jpg
    दुवै समूहले आआफ्ना चुनावी एजेन्डा अघि सार्दै निर्वाचनमा गएका छन् । नागरिकताका लागि प्रयास गरिने प्रतिबद्धता दुवै पक्षले गरेका छन् । दुवै पक्षले गौशालाहरू संरक्षण र विकास गर्ने बताएका छन् । उनीहरू सबै माडवाडी समुदायलाई माडवाडी सेवा समितिमा आबद्ध गर्ने प्रतिबद्धता जनाएका छन् । माडवाडी सेवा समिति ऋणमा रहेको बताउँदै यसलाई ऋणमुक्त गराउने प्रतिबद्धता जनाएका छन् 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij