Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

दुुई खर्बको पेट्रोलियम पदार्थ आयात


नया सडक

२०८१, जेठ १२ शनिबार

  • 999
    Shares

  • दुुई खर्बको पेट्रोलियम पदार्थ आयात

    काठमाडौँ । १० महिनामा मुलुकमा झन्डै साढे दुुई खर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालुु आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुुई खर्ब ३५ अर्ब रुपियाँभन्दा बढीको पेट्रोलियम पदार्थ ९डिजेल, पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको आयात भएको हो ।

    गत वर्ष सो अवधिमा दुुई खर्ब ५७ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । बजारमा माग घट्दा इन्धनको आयातमा २२ अर्ब रुपियाँले कमी हो । बजारमा विद्युुतीय गाडीको प्रयोग बढ्दै जाँदा डिजेल र ग्यासको आयातमा कमी भएको तथ्याङ्कले देखाएको छ ।  

     विभागका अनुसार १० महिनामा सबैभन्दा धेरै एक खर्ब १५ अर्ब ६७ करोडको डिजेल आएको छ । यस्तै ५६ अर्ब ८० करोड रुपियाँ बराबरको पाँच लाख ६७ हजार किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै १७ अर्ब ५८ करोड ५४ लाख ७५ हजार रुपियाँ बराबरको एक लाख ६५ हजार किलोलिटर हवाई इन्धन आयात भएको छ । 

    यस्तै ४६ अर्ब ९८ लाख रुपियाँ बराबरको चार लाख ३५ हजार ९६३ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ ।  

    अत्यावश्यक रूपमा रहेको पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन नहुने भएकाले वार्षिक खर्बौं रुपियाँको आयात गर्नुपर्ने बाध्यता छ । गत आवको पहिलो १० महिनामा एक खर्ब २५ अर्ब ३६ करोडको डिजेल, ५५ अर्ब ७९ करोडको पेट्रोल र ४९ अर्ब ७२ करोडको ग्यास आयात भएको विभागको तथ्याङ्क छ । 

    विभागका अनुसार विद्युुतीय गाडीको प्रयोगसँगै विकास निर्माणको काम तीव्रगतिमा नहुुँदा डिजेलको खपत अघिल्लो १० महिनाको तुुलनामा १० अर्ब रुपियाँले कमी आएको तथ्याङ्क छ । औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशत डिजेल खपत हुने गर्छ । आर्थिक गतिविधि नियमित नहुुँदा उद्योग पूर्ण क्षमतामा सञ्चालन हुुन सकेका छैनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

    प्रतिक्रिया दिनुहोस