Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 438
    Shares

  • संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को गत्यावरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ । 

    प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गर्नुभएको थियो । 

    कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिनुभएको जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको उहाँले बताउनुभयो ।

    संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरुबीच छलफल गर्ने कार्यसूची तय भएको थियो । कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री दाहाल र नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गर्नुभएको कांग्रेस नेता परियारले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस