Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

सीमा नाकाको हेल्थ डेस्कका कर्मचारी छ महिनादेखि तलबबिहीन


नया सडक

२०८१, जेठ १३ आइतबार

  • 435
    Shares

  • सीमा नाकाको हेल्थ डेस्कका कर्मचारी छ महिनादेखि तलबबिहीन

     

    महेन्द्रनगर । नेपाल-भारत सीमा नाकामा खटिएका २७ जना कर्मचारीले विगत छ महिनादेखि तलब पाएका छैनन् ।

     

    सुदूरपश्चिम प्रदेशका पाँच वटा सीमा नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कार्यरत कर्मचारीलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलबबापतको बजेट उपलब्ध नगराएको हो । कोरोना कहरपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर र टीकापुरस्थित खग्रौला नाका, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट स्वदेश फर्किनेको स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।

     

    पछिल्लो छ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्र्पक व्यक्ति हेमराज जोशीले बताउनुभयो ।

    “यो वर्ष बजेट कम आएकाले कर्मचारीले तलब नपाएका हुन्”, उहाँले भन्नुभयो, “माथि मन्त्रालयले संशोधन गरेर भए पनि बजेट पठाउने भनेको छ ।”

     

    त्यसैगरी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना परीक्षणका लागि किट माग गरेको लामो समय बितिसक्दा पनि उपलब्ध हुन नसकेको जोशीले बताउनुभयो । “किट प्रदेश र सङ्घ दुवैबाट आउने पर्ने हो, लिखित पत्राचारसमेत गरेका छौँ”, जोशीले भन्नुभयो, “केही समयअघि निर्देशनालयले दुई हजार किट खरिद गरेर त्रिनगर भन्सारको डेस्कमा पठाएकोमा एक हजार प्रयोग भइसकेको छ ।”

     

    उहाँले किट अभावकै कारण नाकामा कोरोना परीक्षणको काम प्रभावित भएको जानकारी दिनुभयो । सीमानाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा कोरोना परीक्षणका साथै एचआइभी, क्षयरोग, मलेरिया, डेङ्गुलगायतका रोगको नमुना जाँच हुने गरेको छ । त्यसबाहेक नाकामा प्राथमिक स्वास्थ्य सेवाका साथै सीमामा पर्ने स्वास्थ्य समस्याबारे सचेतना गराउँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस