काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज( नेप्से )मा कालिका पावर कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ७ लाख ९३ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।