Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

गर्डियन माइक्रोलाइफ इन्स्योरन्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिइयो

गर्डियन माइक्रोलाइफ इन्स्योरन्सलाई आईपीओ निष्काशन गर्न अनुमति दिइयो

  • काठमाडौँ ।  गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सलाई  आइपीओ निष्कासनको स्वीकृति दिइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शुक्रबार  गार्डियनलाई आइपीओ निष्कासनको अनुमति दिएको हो।इन्स्योरेन्सले चुक्ता पुँजीको ३० प्रतिशत २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता बराबरको आइपीओ निष्कासन गर्न लागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ बिक्री गर्न लागेको हो।

    नेपाल बीमा प्राधिकरणले २०७९ मा सात वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिएकामा कम्पनीहरुले गत वर्षदेखि व्यवसाय गरिरहेका छन्। प्राधिकरणले कम्पनीको चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ।गार्डियनको शेयर बिक्री प्रबन्धकमा कुमारी क्यापिटल छ। इन्स्योरेन्सले आइपीओ निष्कासनको माग गर्दै गत साउनमा आवेदन दिएकामा सेबोनले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढेपछि स्वीकृति दिएको हो।

    पोहोर पुसदेखि सेबोनमा कार्यकारी अध्यक्ष नहुँदा कार्यवाहकले आइपीओ निष्कासनको स्वीकृति दिएका थिएनन्।सेबोनमा गत साउनदेखि अर्थमन्त्रालयका सहसचिव महेश बराल कार्यवाहक अध्यक्ष छन्। सेबोन अध्यक्ष छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij