काठमाडौं । आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने कार्यतालिका छ । बजेटमा राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको सीमामा दिएपनि उक्त सीमाभन्दा माथिको बजेट सार्वजनिक गर्ने तयारीमा अर्थमन्त्रालय छ ।
जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ । बजेट सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायतको सहभागिता रहने प्रचलन छ ।