Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सहमति जुटाउनका लागि  मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय सारिए


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 348
    Shares

  • सहमति जुटाउनका लागि  मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय सारिए

    काठमाडौं ।  सहमति जुटाउनका लागि  मन्त्रीपरिषद् बैठक र प्रतिनिधि सभाको बैठकको समय सारिएको छ । मंगलबार बिहान ११ बजेका लागि निर्धारित मन्त्रीपरिषद् बैठक दिउँसो २ बजेका लागि सारिएको छ । 

    यसैगरी  आज आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकको समय पनि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो ३ बजेका लागि सारिएको छ । 

     खानेपानी मन्त्री राजेन्द्र कुमार राईले जानकारी सार्वजनिक गरेअनुसार   मन्त्रीपरिषद् बैठक र संसद् बैठकको समय परिवर्तन भएको  छ ।   संसदीय छानबिन समिति गठनका लागि सहमति जुटाउनका लागि बैठकको समय सारिएको बुझिएको छ ।

     प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गदै  संसद अवरोध गर्दै आएको छ । छानबिन समिति गठन नभए संसद चल्न नदिने  कांग्रेसले चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस