Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

लाइसेन्स नवीकरणका लागि ४ अर्ब बुझाएर  बाँकी  किस्तामा बुझाउन एनसेलको सरकारसँग आग्रह


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 456
    Shares

  • लाइसेन्स नवीकरणका लागि ४ अर्ब बुझाएर  बाँकी  किस्तामा बुझाउन एनसेलको सरकारसँग आग्रह

    काठमाडौं । निजी क्षेत्रको दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लाइसेन्स नवीकरणका लागि ४ अर्ब बुझाएर  बाँकी  किस्तामा बुझाउन सरकारसँग आग्रह गरेको छ ।एनसेलले लाइसेन्स नवीकरणको लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई चार अर्ब बुझाएर यस्तो आग्रह गरेकोहो ।

    एनसेललाई २० अर्बभन्दा बढी शुल्क बुझाउनु पर्नेमा कम्पनीले सोमबार ४अर्ब रूपैयाँ बुझाएर लाइसेन्स नवीकरण गरिदिन पत्राचार गरेको प्राधिकारणका निर्देशक एवम् प्रवक्ता सन्तोष पौडेलले जानकारी सार्वजनिक गरेका छन् ।

    पौडेलका अनुसार कम्पनीले पाँच किस्तामा रकम बुझाउने माग गर्दै पत्र लेखेको छ।तर यस विषयमा प्राधिकरणले कुनै निर्णय नगर्दै एनसेलले हाललाई ४  अर्ब मात्रै बुझाएको हो। 

    प्राधिकरणले गत जेठ ४ गते एनसेललाई तेस्रो नवीकरण बापतको शुल्क बुझाउन पत्र पठाएको थियो। सोमबार पुनः एनसेललाई एकमुष्ठ रकम बुझाउनुपर्ने भन्दै प्राधिकरणले पत्र पठायो ।प्रवक्ताका अनुसार एनसेलले एकमुष्ठ नवीकरण रकम नबुझाए १५ प्रतिशतका दरले ३ अर्ब जरिवाना लाग्ने भएको छ ।

    नेपाल दूरसञ्चार नियमावली २०५४ अनुसार लाइसेन्स नवीकरणको लागि तीन महिना अघि नै प्राधिकरणलाई निवेदन दिनुपर्ने हुन्छ। एनसेलले पछिल्लो पटक गराएको दोस्रो चरणको नवीकरण अवधि आगामी भदौ १६ मा सकिन लागेको छ 

    प्रतिक्रिया दिनुहोस