Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

बजेट वक्तव्य बजेटः  धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण


नया सडक

२०८१, जेठ १५ मंगलबार

  • 408
    Shares

  • बजेट वक्तव्य बजेटः  धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण

    काठमाडौ ।  सरकारले पुँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न नियामक निकायको संस्थागत शुद्धीकरण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै लगानीकर्ताको हितका लागि धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गरिने जानकारी दिनुभयो । 

    सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको संरचनागत सुधार गर्ने अर्थमन्त्री पुनले बताउनुभयो । त्यस्तै  वस्तु विनिमय बजार सञ्चालन गर्न कानुनी र संस्थागत व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख छ ।

    अर्थमन्त्री पुनले निश्चत रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्यरुपमा धितोपत्र बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरिने बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस