Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला


नया सडक

२०८१, जेठ १६ बुधबार

  • 504
    Shares

  • प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

     

    काठमाडौं । प्रभु बैंक र स्वावलम्बन लघुवित्तको आजदेखि संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ ।प्रभु बैंकको ६१ हजार ६६२ कित्ता सेयर रहेको छ । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।  

    यस्तै, स्वावलम्बन लघुवित्तको १६ हजार ५२८ कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । यसमा न्यूनतम २५० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

    दुवै कम्पनीको लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । दुवै कम्पनीको लिलामीमा असार १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस