
काठमाडौं । बजेटमा सेयर बजार लगानीकर्ताहरूका माग पूरा हुँदैमा सेयर बजार उकालोको उकालो लाग्या लाग्या हुने अवस्था नभएको कतिपयको बुझाइ रहेको छ ।लगानीकर्ताहरूका माग सम्बोधन हुँदामा उनीहरूको लगानीले मात्र बजारमा बढ्दो तरङ जतिखेर रहने हुँदैन् । अर्थतन्त्रका अन्य क्षेत्रहरू कतिको गतिमान भइरहेको छ त्यसले पनि सेयर बजारका प्रवृति र मनोविज्ञानहरूलाई प्रभावित गरिरहेको हुन्छ । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले पुँजी बजारमा सकारात्मक प्रभाव पार्ने कतिपयले बताइरहेका छन् ।
उनीहरूले बजेटमा पुँजी बजारसँग सम्बन्धित व्यवस्था कार्यान्वयन भए बजार उकालो लाग्ने बताउँछन् । बजेटमा निश्चित रकमभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य रूपमा पुँजी बजारमा सूचीकरण गरिने व्यवस्था गरिएको छ । सो व्यवस्थाले पुँजी बजारको क्षेत्र फराकिलो हुने ती लागानीकर्ताहरूको विश्वास छ ।सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष तारा फुलेलले पनि यस्तै धारणा सार्वजनिक गरेका छन् ।
तर सेयर बजारको उकालो यात्राका लागि बजेट मात्रै होइन केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकको उदार नीतिले कस्तो असर गर्ने हो त्यो महत्वपूर्ण हुने अन्य कतिपय विज्ञहरू बताउँछन् । नेप्सेबाट विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने दिइएको सुझाव बजेटमा सम्बोधन गरिएको तर्क गर्दै फुलेलले सेयर बजार उकालो लाग्ने विश्वास व्यक्त गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तुत भएको बजेटमा नेप्सेको पुर्नसंरचना गर्ने भनिएको छ । ८ वटा लगानीकर्ता संघले संयुक्त रुपमा नेप्सेमा विदेशी रणनीतिक साझेदार, स्वदेशका उद्योगी व्यवसायी तथा सर्वसाधारणमा सेयर जारी गरी पुर्नसंरचना गर्नुपर्ने विभिन्न सुझाव दिएका थिए । बजेटमा यस्ता कुरा समावेश गरिएको उनको भनाइ छ ।
तर अन्य कतिपय विज्ञहरूले सरकारले यसका अतिरिक्त पुँजीगत खर्चलाई बढी भन्दा बढी खर्च गर्न लगाए सेयर बजारको उकालोलाई निरन्तरतामा प्रवाहित हुन बलियो पार्ने बताउँछन् ।उनीहरूका अनुसार सेयर बजारमा सक्रिय रहने लगानीकर्ताहरूको लाभ हानिबाट मात्र सेयर बजारको उकालो निरन्तर प्रवाहित हुन सक्दैन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij