Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकार चाहेको अर्थमन्त्री पुनको भनाई

निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकार चाहेको अर्थमन्त्री पुनको भनाई

  • काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकार चाहेको बताएका छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रलाई साथमा लिएर जाने सन्देश दिएको बताउँदै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । मन्त्रालयमा आयोजित पत्रकारस सम्मेलनमा बोल्दै उनले देशको आर्थिक विकासमा निजी क्षेत्रलाई साझेदारीका रुपमा अघि बढाउन चाहेको बताए ।

    पूर्वाधार विकास र औद्योगिक विकासमा निजी क्षेत्र र सरकारबीच तालमेलको सुरुवात भएको छ बताउँदै अर्थमन्त्री पुनले   पूर्वाधार निर्माणमा सरकार एक्लैले खर्च गर्न नसक्ने बताए । पूर्वाधार विकासमा लाग्ने अर्बौ रुपैयाँको लागत निजी क्षेत्रको सहायतामा अघि बढाउने निष्कर्षमा सरकार पुगेको उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij