काठमाडौं । आगामी आर्थिक वर्षका लागि सदनमा सार्वजनिक बजेटलाई धेरै पक्षबाट स्वीकार गरिएको दाबी गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले यस्तो दाबी गरेका हुन् । आर्थिक पत्रकारहरूको संघ नाफिजले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो दाबी गरे ।
आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँदै अर्थमन्त्री पुनले पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले त्यसमा स्वीकार्यता बढेको बताए ।
बजेट आफूले संघीय संसदमा प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान रहेको बताउँदै अर्थमन्त्री पुनले करका दर हेरफेर गर्दा कसैलाई मर्कामा परे पनि स्रोत जुटाउनका लागि कर बढाउन बाध्य भएको बताए ।