Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

केन्द्रीय बैंकको  मौद्रिक नीति थप खुकुलो आउने


नया सडक

२०८१, जेठ १७ बिहीबार

  • 531
    Shares

  • केन्द्रीय बैंकको  मौद्रिक नीति थप खुकुलो आउने

     काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिलाई हालको भन्दा बढी खुकुलो नीति बनाइ ल्याउने भएको छ ।पुँजी कोषको समस्या समाधान हुने गरी केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले यस्तो मौद्रिक नीति ल्याउने भएको हो ।

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेट विषयक अन्तक्र्रियामा डेपुटी गभर्नर बमबहादुर मिश्रले यस्तो खुलाए । मौद्रिक नीति आगामी दिनमा थप खुकुलो हुने बताउँदै डेपुटी गभर्नर मिश्रले मौद्रिक नीतिले अब पुँजी कोषको समस्या समाधान गर्ने आउँछ ।

    उनका अनुसार साढे ११ प्रतिशत हुन्छ भनेर नीति बनाइएकोमा संशोधन गरी  १२ प्रतिशत हुने भए त्यसो गरिनेछ । प्रशस्त मात्रामा तरलता छ । साढे ८ प्रतिशतको आधारदर छ । बजेट पनि सफलताका साथ आएको छ ।  यसको कार्यान्वयनका लागि सबैको सहकार्य  आवश्यक रहेको उनले बताए ।

    उनले बजेटमा सहुलियतपूर्ण कर्जाका विषयमा पनि उल्लेख गरेको बताउँदै त्यसलाई तत्काल कार्यान्वयन गर्ने धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस