काठमाडौं । आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ विन्दुमा आएको छ । आज ४ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । १३ मध्ये ३ वटा समूहमात्र सकारात्मक भएका छन् ।
यस दिन ३११ कम्पनीको ९८ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ४५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ ।आज दोस्रो र तेस्रो स्थनमा क्रमशः ङादी ग्रुप पावर र जानकी फाइनान्स रहेका छन् ।