काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बिहीवार एनआईबिएल स्टेबल फण्डका इकाई सूचीकृत भएका छन् । फण्डका ११ करोड ३० लाख इकाई सूचीकृत भएका हुन् ।
अब यी इकाई आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछन् । फण्डले २०८० माघ २ गते देखि १६ गतेसम्म निष्कासन गरेको इकाई सूचीकृत गराएको हो ।