Logo

Jun 24 2025 | २०८२, असार १०गते

Jun 24 2025 | २०८२, असार १०गते

images

निजी क्षेत्रद्वारा समग्रमा बजेटको प्रशंसा, कार्यान्वयनबाट सफल बनाउन आग्रह

निजी क्षेत्रद्वारा समग्रमा बजेटको प्रशंसा, कार्यान्वयनबाट सफल बनाउन आग्रह

  • काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक  गरेको बजेटलाई  समग्र निजी क्षेत्रबाट प्रशंसा प्राप्त भएको छ । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूका समग्र प्रतिनिधिमूलक संघसंस्थाका नेताहरूले  बजेट यथार्थपरक र संयमित हिसाबले आएको भनी टिप्पणी गरेका हुन् ।निजी क्षेत्रका तीनवटै प्रमुख संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरूले  बजेट सकारात्मक सोचसहित आएको र त्यसको कार्यान्वयन प्रभावकारी हुनुपर्ने धारणा सार्वजनिक गरे ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उनीहरूले यस्तो भने ।

    नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल सरकारले निजी क्षेत्रबिना आर्थिक वृद्धि हुँदैन भन्ने बुझेको बताउँदै निजी क्षेत्रलाई यसको कार्यान्वयनमा समेटिनुपर्ने आवश्यकता औँल्याए ।अर्थतन्त्रको संकुचन हटाउन सबै सरोकारवाला मिलेर समाधानको बाटो पहिल्याउनुपर्ने उनले बताए ।

    यसैगरी नेपाल उद्योग परिसंघ अध्यक्ष राजेश अग्रवालले बजेट सन्तुलित आएको बताउँदै  नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढाउने घोषणा गर्नु निकै सकारात्मक भएको बताए ।बजेटलाई सार्थक बनाउन आगामी मौद्रिक नीति खुकुलो हुनुपर्नेमा  जोड दिँदै उनले लोडसेडिङमा उद्योगीहरू मर्कामा परेको समस्या समाधान गर्न अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गरे ।

    यसैगरी  नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आगामी बजेट यथार्थपरक र संयमित भएको बताउँदै  कृषि, पर्यटन लगायतमा बजेटले राम्रा कार्यक्रम ल्याउनु सकारात्मक पक्ष भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij