Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी


नया सडक

२०८१, जेठ १७ बिहीबार

  • 492
    Shares

  • काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी

     

    काठमाडौँ । काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)महाराजगञ्जको कम्पाउण्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ ।

     

    अस्पतालको कम्पाउण्डभित्र मापदण्डविपरीत फार्मेसी सञ्चालन गरिएको भेटिएपछि पानोरमा र पञ्चकन्या फार्मेसीमा ताला लगाइएको महानगरपालिकाका निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले जानकारी दिनुभयो ।

     

    उहाँले भन्नुभयो, “हामी अर्कै फार्मेसीविरुद्धको परेको उजुरी उपर अनुगमनका लागि त्यहाँ गएका थियौँ, टिचिङ हस्पिटलको कम्पाउण्डभित्रै निजी फार्मेसी सञ्चालन भएको र त्यसैमाथि मापदण्डविपरीत भेटिएपछि ताला लगाएका छौँ ।”

     

    भ्याक्सिनलाई उचित  तापक्रममा नराखेको, अनुमतिबिनै नार्कोटिक्स ड्रग्सजन्य औषधि बेचिएको, औषधि स्टोरेज पनि मापदण्डअनुसार नभएको पाइएको विभागले जनाएको छ ।

     

    ताला लगाइएका फार्मेसीलाई के कारबाही हुने भन्ने विषयमा अहिले अध्ययन भइरहेको निमित्त स्वास्थ्य विभाग प्रमुख महर्जनले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस