Logo

Nov 14 2025 | २०८२, कात्तिक २८गते

Nov 14 2025 | २०८२, कात्तिक २८गते

images

आर्थिक सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धता सकारात्मक भएको एफएनसीसीआईको भनाइ

आर्थिक सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धता सकारात्मक भएको एफएनसीसीआईको भनाइ

  • काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले अर्थमन्त्री वर्षमान पुनद्वारा जेठ १५ संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धतालाई सकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको छ।

     उद्योगी, व्यवसायीहरुको छाता संगठन महासंघले आज बजेट प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो बताएको हो । बजेटको उद्देश्य एवं प्राथमिकतामा उल्लिखित निजी क्षेत्र प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा सरकार र निजी क्षेत्रबीच सहकार्य हुने विश्वास  व्यक्त गर्दै  एफएनसीसीआईले  आर्थिक सुधार कार्यक्रम लागू गर्न आयोग गठन माग प्रस्तुत गर्दै व्यक्त गर्दै आएको जनाएको छ । 

    महासंघले लगानी दशक माग गरिरहेको सन्दर्भमा सरकारले कृषिमा लगानी दशक घोषणा गरेको, पहाडमा फलपूmल खेती, राजमार्ग केन्द्रित व्यवसायलगायत विषय समेटिएको जनाउँदै त्यसका लागि  कृषिमा निजी क्षेत्रको लगानी आकर्षित गर्न बजेटका प्रावधान पर्याप्त नभएको जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij