काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्य समेत जोडर १३ लाख ८८ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीको विशेष साधारण सभाले गरेको निर्णय बमोजिम जारी पूँजी मध्येको उक्त कित्ता शेयर प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०० रूपैयाँ थप गरी प्रतिकित्ता २०० रूफैयाँमा विक्रीमा ल्याएको हो ।
जेठ २० गतेदेखि वित्री खुला भएको यी शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।