Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........


नया सडक

२०८१, जेठ २१ सोमबार

  • 591
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्  जेठ २१ सोमबारका मुख्यमुख्य आर्थिक समाचारहरू.........

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २१ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू......

    नेपाल क्लियरिङ हाउसले ‘नेप्स’लाई गाभ्यो

    काठमाडौँ ।भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड ९नेप्स० लाई प्राप्ति गरी आजबाट ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’ कायम भएको छ ।

     

    नेपाल राष्ट्र बैंकका अनुसार साविकको नेप्सेको सम्पूर्ण दायित्व तथा सम्पत्ति आजबाट नेपाल क्लियरिङ हाउसमा सरेको हो । गत चैतमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्नेसम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतापछि दुवै संस्थाहरुले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत आफ्नो शेयरधनीहरुको समर्थन लिइ नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति मागेका थिए ।

    ठमेल प्लाजा होटल एण्ड सुइट्सको ७०.३०  प्रतिशत  हकप्रद शेयर विक्री खुला

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले ७० दशमलव ३० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । 

    जेठ २१ गतेदेखि कम्पनीले साविकमा जारी गरिएको २० प्रतिशत हकप्रद शेयर समेत समेटी आफूले चुक्ता गरेको शेयरको ७० दशमलव ३० प्रतिशत सम्मको सीमाभित्र हुने गरी हकप्रद शेयर निष्कासन गरेको हो ।शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।हकप्रद शेयर खरीदका लागि कम्पनीको रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंबाट आवेदन प्राप्त गर्न र पेस गर्न सकिनेछ । हकप्रद शेयरबापतको रकम भने कम्पनीको नाममा सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा रहेको खाता नम्बर ०१५०१०००००६८१२०१ मा जम्मा गर्नुपर्नेछ ।

    शेयर बजार : नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा ,४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार

    काठमाडौं । आज नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ विन्दुमा आएको छ । आज ४ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । माइक्रोफाइनान्स समूहमा भने उत्साह देखिएको छ । सूचीकृत अरु सबै समूह घट्दा माइक्रोफाइनान्स बढेको छ ।
    यस दिन ३१६ कम्पनीको ८८ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः पोखरा पाmइनान्स र ग्रीन भेन्चर्स लिमिटेड परेका छन् ।

    समाज लघुवित्तले शेयरधनीलाई लाभांश वितरण नगर्ने

    काठमाडौँ ।समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैंठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    लघुवित्तले गत आर्थिक वर्षको नाफा साधारण जगेडा कोषमा र रिटेन अरनिङ्गमा जम्मा गर्दै शेयरधनीलाई लाभांश नदिने भएको हो ।

    आर्थिक वर्ष २०७९/८० मा लघुवित्तको ३० लाख ७३ हजार ७५१ रुपैयाँ भएकोमा २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा जम्मा गर्ने भएको हो ।

    गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात घाइते

    गुल्मी ।गुल्मीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    आज बिहान चन्द्रकोट गाउँपालिकाबाट कालीगण्डकी गाउँपालिकाको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा सत्यवती गाउँपालिका–८ भार्सेका ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकदेखि चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

    २ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर सूचीकृत भएको छ ।

    साल्ट ट्रेडिङको ४ लाख १८ हजार ३२६.४६ कित्ता सेयर सूचीकृत भएको हो ।

    उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ । डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार ०८८.१६ कित्ता बोनस सेयर सूचीकृण गरिएको हो ।

    निर्वाचनमा ६४ करोड २० लाख मतदाता सहभागी : भारतीय निर्वाचन आयोग

    नयाँदिल्ली । छ हप्ता लामो भारतीय निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताहरूले मतदान गरेको मुख्य निर्वाचन आयुक्त राजीव कुमारले सोमबार बताउनुभएको छ । अधिकांश निर्वाचन सर्भेक्षण नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल जित्ने अनुमान गरेका छन् । 

     

    आयुक्त कुमारले ६४ करोड २० लाख भारतीयले मतदान गरी विश्व कीर्तिमान बनाएको जिकिर गर्दै यो सबैका लागि ऐतिहासिक क्षण  भएको बताउनुभयो । कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता रहेको छ । यसले भारतका मतदाताहरूको अविश्वसनीय शक्तिलाई देखाउने उहाँले उल्लेख गर्नुभयो ।

    गोदावरीका मेयरसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । लेले र नल्लुका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले मेयर महर्जनसहित ४ जना कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरीमा  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पहिलो नम्बरमा

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरीमा कसुर गर्ने व्यक्तिहरू मध्ये  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पहिलो नम्बरमा रहेको छ । सर्वोच्च अदालतले झिकाएको सो  जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको हो । सर्वोच्चले   आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको एक मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेको थियो ।

    विकासका परियोजनामा थप मेहनत गर्न रक्षामन्त्रीको निर्देशन

    काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले रक्षामन्त्रालयअन्तर्गतका निकायले सञ्चालन गरेका विकास–निर्माणका परियोजनामा लक्ष्यअनुसारको प्रगति प्राप्तिका लागि थप मेहनत गर्न निर्देशन दिनुभएको छ । रक्षा मन्त्रालयमा आज आयोजित चालु आवको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री उप्रतीले काठमाडौँ–तराई/मधेस दू्रत मार्ग (फास्ट ट्र्याक) को निर्माण निर्धारित समयमा सम्पन्न गर्ने गरी काम गर्न निर्देशन दिनुभयो ।

    विवादको मुद्दामा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ

    काठमाडौं । फिल्म ‘ प्रसाद २’ विवादको मुद्दामा फिल्म निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । प्रहरीले सोमबार दिउँसो मालीगाउँबाट निर्देशक थापालाई पक्राउ गरको हो । प्रहरीले जनाए अनुसार निर्देशक थापालाई प्रहरी वृत्त बौद्धमा पठाइएको छ ।

    उनलाई  बालुवाटारको रोयल अम्पायर होटल परिसरबाट पक्राउ गरिएको बताइएको छ  । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मञ्जुरीबिना फिल्मलाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० रुपैयाँ ठगी गरेको भन्दैे गत साउन १० गते जिल्ला प्रहरी परिसर, काठमाडौंमा ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए ।

    ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित

    काठमाडौ। ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ । इन्फोसिस फिनाकलद्वारा आयोजित उक्त अवार्ड कार्यक्रममा ग्लोबल आइएमई बैंकलाई इन्ट्रिग्रेसन अफ सेक्युरिटी डिपोजिट लकर इसुयन्स एण्ड इकमर्स कार्ड इसुयन्स विधामा उत्कृष्ट बैंकको रुपमा सम्मान गरिएको हो ।

    आफ्नो कोर बैंकिङ्ग सफ्टवेयरको लागि फिनाकल प्रयोग गर्दै आइरहेको ग्लोबल आइएमई बैंक नविनतम सेवाहरु सहितको सुरक्षित र भरपर्दो बैंकको रुपमा परिचित छ । ग्लोबल आइएमई बैंकले पाएको यस सम्मानले बैंकलाई आउँदा दिनमा थप नवीन र अत्याधुनिक प्रविधिका बैंकिङ्ग सफ्टवेयरहरु प्रयोग गर्दै सबैका लागि सुरक्षित र सहज बैंकिङ्ग सेवा प्रदान गर्न थप हौसला मिलेको बैंकले जानकारी दिएको छ ।

    पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध कायम रहने

    कराँची । युरोपेली सङ्घ (ईयू) ले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिआईए) लगायत पाकिस्तानी हवाई कम्पनीहरूमा प्रतिबन्ध कायम राख्ने  निर्णय गरेको छ ।

    हालैको बैठकपछि, ईयूले सङ्घभित्र सञ्चालन हुने प्रतिबन्धित विमान कम्पनीहरूको विद्यमान सूची संशोधन गर्न कुनै बाध्यकारी कारण फेला नपारेकोले अझै पाकिस्तानी विमान कम्पनीमाथिको प्रतिबन्ध कायम राखिएको जनाएको छ । 

    यो फैसला पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (पिसिएए) को स्थल मूल्याङ्कन र पाकिस्तानी विमान कम्पनी फ्लाई जिन्ना र एयरब्लू लिमिटेडको नमूना मूल्याङ्न प्रस्तुत गर्दै ईयू एयर सेफ्टी कमिटीले गरेको विस्तृत मूल्याङ्कनपछि आएको हो ।

    काठमाडौं महानगर पालिकाका नगर प्रहरी र सडक विभागबाट खटिएका मरम्मत सम्हारमा खटिएकाहरूबीच तनाव

    काठमाडौं ।काठमाडौं महानगर पालिकाका नगर प्रहरी र सडक विभागबाट खटिएका मरम्मत सम्हारमा खटिएकाहरूबीच तनाव उत्पन्न भएको छ । सडक विभागले महानगरलाई दुई दिन भित्र पेटी विस्तार गर्न काटिएको न्युरोडको सडकखण्ड जस्ताको त्यस्तै बनाइ दिन भनेको पत्रको बेवास्ता गरेपछि विभाग आफैले पिच गर्न थालेपछि विवाद उत्पन्न भएको हो । 

    काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो । तर नगर प्रहरी पुगेपछि विवाद भयो ।

    अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरुबीच त्यहीँ छलफल भइरहेको छ ।

    काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।

    ३० अर्ब ८७ करोडको ट्रेजरी बिल नवीकरण गरिदै

    काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ८७ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षे अवधिको ट्रेजरी बिल नविकरण गर्न लागेको हो । ट्रेजरी बिल जेठ २१ गते अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।

    कार्यालयले २८ दिनका लागि ८ अर्ब रुपैयाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण  र १ वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ ।

     
     
     
     

     

     
     
     
     
     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस