काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमल भट्टराईले व्यवसायीको धन शुद्धीकरण हुनुपर्ने बताएका छन् । महानिर्देशक भट्टराईले नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको उद्योगी व्यवसायी वातावरण निर्माणमा निजी क्षेत्र–सरकार संवाद कार्यक्रममा यस्तो बताएका हुन् ।
महानिर्देशक भट्टराईले सबैको धन, मन शुद्धीकरण गर्नुपर्ने बताए । कारोबार विधिसम्मत छ कि छैन भन्ने अभिलेख हुनुपर्ने बताउँदै उनले समाजमा शान्ति कायम गर्न पनि सम्पत्तिको अभिलेखलाई चुस्तदुरुस्त राख्नुपर्ने बताए ।