Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राष्ट्रिय सभामा बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको भन्दै अर्थमन्त्री पुनद्वारा बजेटको बचाउ


नया सडक

२०८१, जेठ २२ मंगलबार

  • 288
    Shares

  • राष्ट्रिय सभामा बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको भन्दै अर्थमन्त्री पुनद्वारा बजेटको बचाउ

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट वितरणमुखी नभई उत्पादनमुखी भएको भन्दै आफ्नो बजेटको बचाउ गरेका छन् ।

    मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयक माथि सांसदहरुले उठाएका सवालहरूको  जवाफ दिँदै अर्थमन्त्री पुनले महत्वाकांक्षा नराखी जनताको आवश्यकता पूरा गर्ने गरी बजेट ल्याएको बताए ।

    पछिल्ला आर्थिक संकुचनले स्रोतमा पारेको संकुचनलाई ध्यान दिएर बिना महत्वकांक्षी, जनताका अहिलेका आवश्यकता, निजी क्षेत्रको मनोबल उकास्ने र युवा जनशक्तिलाई देशभित्रै रहेर भविष्य खोज्न प्रेरित गर्ने ढङ्गले वस्तुवादी बजेट प्रस्तुत गरेको अर्थमन्त्री पुनले बताए ।

    ठूला र प्रभावशाली नेता, मन्त्री र प्रधानमन्त्रीको क्षेत्रमा मात्रै बजेट नगएको जिकिर गर्दै अर्थमन्त्री पुनले १६५ निर्वाचन क्षेत्रमा नै पुग्ने गरी व्यवस्था गरिएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस