Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, जनताप्रति आभारीः प्रधानमन्त्री मोदी


नया सडक

२०८१, जेठ २३ बुधबार

  • 504
    Shares

  • भाजपाको नेतृत्वमा एनडिएले लगातार तेस्रो सरकार बनाउँदै, जनताप्रति आभारीः प्रधानमन्त्री मोदी

    नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भाजपा नेतृत्वको एनडिएले लगातार तेस्रो सरकार बनाउने र यो ‘सबका साथ सबका विकास’ को भारतको सङ्कल्पको विजय भएको बताउनुभयो । 

    लोकसभा चुनावको नतिजापछि यहाँ भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई  प्रधानमन्त्री मोदीले भन्नुभयो, “जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ९एनडिए० मा विश्वास गरेका छन् ।”

    उहाँले सन् १९६२ पछि पहिलो पटक दुई कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको छ दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राखनुभयो ।

    प्रधानमन्त्री मोदीले उडिसामा भाजपाको प्रदर्शनको विशेष उल्लेख गर्नुभयो । त्यहाँ पार्टी पहिलो पटक सरकार गठन गर्न तयार छ । राज्यमा लोकसभा चुनावमा पनि भाजपाले राम्रो प्रदर्शन गरेको छ ।

    विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न गरेकामा प्रधानमन्त्री मोदीले निर्वाचन आयोगको प्रशंसासमेत गर्नुभयो ।

    “आयोगले यो चर्को गर्मीमा यति धेरै दक्षताका साथ यति ठूलो निर्वाचन सम्पन्न गरेको छ । हाम्रा सुरक्षा बलहरूले पनि प्रभावकारीरूपमा आफ्नो काम गरेका छन् । प्रत्येक भारतीयलाई भारतको चुनाव प्रक्रिया र प्रणालीको विश्वसनीयतामा गर्व छ”, उहाँले भन्नुभयो ।

    पार्टी मुख्यालयमा पुग्दा प्रधानमन्त्री मोदीलाई भाजपा कार्यकर्ताले स्वागत गरेका थिए । केही कार्यकर्ताले ‘जय जगन्नाथ’को नारा पनि लगाएका थिए ।

    निर्वाचन आयोगको पछिल्लो प्रवृत्तिअनुसार एनडिएले दुई सय ९१ सिटमा अग्रता लिएको वा जितेको छ भने इन्डिया गठबन्धनले दुई सय ३४ सिटमा जित हासिल गरेको छ वा अगाडि छ ।भाजपाले आफ्नै बलमा २४० सिट जित्ने तयारी गरेको छ । रासस

    प्रतिक्रिया दिनुहोस