Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

डिभाइन वाइनको महत्वाकांक्षी योजना, प्रत्येक  डट बल बराबर १० रुख


नया सडक

२०८१, जेठ २३ बुधबार

  • 495
    Shares

  • डिभाइन वाइनको महत्वाकांक्षी योजना, प्रत्येक  डट बल बराबर १० रुख

    काठमाडौं । डिभाइन  वाइनले खेलकुदसँग जोडेर एक महात्वाकांक्षी योजना ल्याएको छ । श्री महाकाली वाइन प्रालिको उत्पादन डिभाइन वाइनले आईसीसी टी ट्वेन्टी मेन्स क्रिकेट वर्ल्डकप ट्वेन्टीट्वेन्टीफोरका लागि ल्याएको हो ।

    २०८१ जेठ १९ गतेदेखि शुरु भएको आईसीसस् टी ट्वेन्टी मेन्स क्रिकेट वर्ल्डकप ट्वेन्टीट्वेन्टीफोर अन्तर्गत नेपालका खेलहरूमा खसेको प्रत्येक डटबलमा १०वटा रुख रोप्ने निर्णय गरेको  छ ।

    सो कम्पनीले खेलकुदलाई प्रकृतिसंग सहकार्य गराउने उद्देश्यले यो निर्यण गरिएको जनाएको छ । सुरुवाती चरणमा नेपालले ४ वटा खेलहरु खेल्ने छन् । जसमा पहिलो खेल नेडरल्यड, दोस्रो श्रीलंका, तेस्रो साउथ अफ्रिका र चौथोमा बंगलादेशसंग खेल्नेछन् । यी प्रत्येक खेलमा खसेको हरेक डट बल बराबर १० वटा बिरुवाहरु रोपिने कम्पनीले जनाएको छ ।

    सोही निर्णय अन्तर्गत रहेर २०८१ जेठ २२ गते हुने पहिलो खेल नेपाल र नेडरल्याड बिचको खेलमा खसेको डट बलहरुको आधारमा आएको संख्या बराबरका  रुखहरु धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङ्ग राईलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।

    क्रिकेट खेलमा बलरले फालेको बलमा कुनै रन नबने त्यसलाई डट बल हुन्छ । २० ओभरको खेललाई टी ट्वेन्टी भनिन्छ । कुल न्यूनतम १२० बल खसेको डट बललाई १०ले गुना गरी रुख रोप्ने अभियान डिभाइन वाइनले सञ्चालन गरेको जनाएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट टिमले खेलमा जित हासिल गरोस् भनी शुभकामना व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस