Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा जेठ २७ गते , हकप्रद सेयर प्रस्ताव गर्ने


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 513
    Shares

  • युनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा जेठ २७ गते , हकप्रद सेयर प्रस्ताव गर्ने

    काठमाडौं ।  युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको  साधारण सभा  जेठ २७ गते हुने भएको छ ।
    यस कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवाखोला हाईड्रोपावरद्वारा प्रवध्रित ५० मेगावाटको मेवाखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीबाट १ः१ अनुपातमा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने प्रस्ताव रहेको छ । 

    हाल यस हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी २ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुग्नेछ ।
    सभा प्रयोजनका लागि यस कम्पनीले चैत ७ गते बुक क्लोज गरिसकेको छ ।आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस