Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

चीनको तिब्बतसँग जोडिएको उरै नाका असार १६ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 441
    Shares

  • चीनको तिब्बतसँग जोडिएको उरै नाका असार १६ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने

    काठमाडौं । असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा आउने भएको छ । चीनको स्वशासित प्रान्त तिब्बतसँग सिमाना जोडिएको उरै नाका पूर्णरूपमा सञ्चालनमा आउने भएको हो ।

    बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले  जानकारी सार्वजनिक गरे अनुसार यो नाका खुलेपछि व्यापार–व्यवसायका निम्ति सीमापारि जान हालसम्म कम्तीमा पाँच जनाले अनुमतिपत्र लिएसकेका छन् ।

     नेपाल र चीन सरकारबीच चीनसँगका १४ नाका क्रमिक रूपमा खोल्ने सहमतिभएसँगै यही जेठ १२ गते तिब्बतको सिगात्सेको चेन्टाङमा आयोजित कार्यक्रममार्फत उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको स्वशासित क्षेत्र तिब्बतका उपध्याक्ष सिलाङ निमाले संयुक्त रूपमा नाका फेरि सञ्चालन भएको घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस