Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने


नया सडक

२०८१, जेठ २४ बिहीबार

  • 492
    Shares

  • नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने

     

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ४३ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले २०८१ आसार ३ गतेदेखि २०८२ असार ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।

    मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले जेठ २७ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब १४ करोड ४० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २१ करोड ४५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७ करोड १५ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

     

    प्रतिक्रिया दिनुहोस