Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय


२०८१, जेठ २४ बिहीबार

  • 615
    Shares

  • ११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

    काठमाडौं । सरकारले ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बलाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।यी देशमा कांग्रेस(माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए । भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । यस्तै बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको भारत भ्रमण स्वीकृत गरेको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो ।प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन् ।

     

     

    प्रतिक्रिया दिनुहोस