काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएर फसेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने सो पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि तार जालीमा ती खच्चर फेसका हुन् ।
पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आवतजावत पनि बन्द भएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने यो झोलुंगे पुलले अछामको पञ्चदेवल विनयाक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे सार्वजनिक गरेको जानकारी अनुसार उद्धारका लागि टोली खटाइएको छ ।