Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

मध्य गाजाको नुसिरात शिविरमा इजरायली हमलाप्रति इजिप्टको कडा निन्दा

मध्य गाजाको नुसिरात शिविरमा इजरायली हमलाप्रति इजिप्टको कडा निन्दा

  • कायरो ।इजिप्टको विदेश मन्त्रालयले मध्य गाजाको नुसिरात शिविरमा  १५० जना भन्दा बढी प्यालेस्टिनी मारिएका इजरायली हमलाको शनिबार जारी गरेको विज्ञप्तिमार्फत कडा निन्दा गरेको छ । 
    “यो आक्रमणको परिणामस्वरूप एक सय ५० भन्दा बढी प्यालेस्टिनी नागरिकहरूको मृत्यु हुनुका साथै सयौं घाइते भए छन् । इजरायलले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय मानवीय कानूनका सबै प्रावधानहरू, मानवता र मानव अधिकारका सबै मूल्यहरूको खुल्लमखुल्ला उल्लङ्घन गर्दछ“, विज्ञप्तिमा भनिएको छ। 
    इजिप्टले यस आक्रमणका लागि स्पष्ट रुपमा इजरायललाई कानुनी र नैतिक रूपमा जिम्मेवार ठहर गर्दै इजरायलले आफ्नो दायित्वको पालना गर्न र प्यालेस्टिनी नागरिकहरू र उनीहरु विस्थापित भएका क्षेत्र लक्षित हमला रोक्न माग गरेको छ“, विदेश मन्त्रालयले भन्यो। 
    विज्ञप्तीमा गाजा पट्टीमा सबै पूर्वाधारको अनावश्यक विनाशको पनि निन्दा गरिएको छ। 
    इजिप्टले गाजाविरुद्ध इजरायली युद्ध तत्काल रोक्न प्रभावशाली अन्तर्राष्ट्रिय दल र सुरक्षा परिषदलाई आह्वान गरेको छ। 
    इजिप्टले ३६ हजार भन्दा बढी मानिसको ज्यान लिएको यो मानवीय सङ्कट अन्त्य गर्न जिम्मेवार निकायको आवश्यकतामा जोड दिँदै गाजा पट्टीभरि पूर्ण युद्धविराम हासिल गर्ने अनिवार्यता र क्षेत्रमा सबै क्रसिंगहरू मार्फत मानवीय सहायता र राहत आपूर्तिको अप्रतिबंधित प्रवेशलाई जोड दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij