Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

राजस्व अनुसन्धान विभागद्वारा ९२ मुद्दा दायर, साढे १३ अर्ब बढी बिगो र सजाय माग


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 930
    Shares

  • राजस्व अनुसन्धान विभागद्वारा ९२ मुद्दा दायर, साढे १३ अर्ब बढी बिगो र सजाय माग

    काठमाडौं । राजस्व अनुसन्धान विभागले चालु आवको १० महिनामा  राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ  कुल साढे १३ अर्ब बढी बिगो सजाय मागदाबीसहित  ९२ मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले १० महिनामा विभिन्न प्रकृतिका राजस्व चुहावटसँग सम्बन्धित २०२ जना प्रतिवादी बनाइ मुद्दा दायर गरेको हो ।

    विभागले विभिन्न मितिमा दायर गरेको मुद्दामा साढे १३ अर्ब बढीको बिगो सजाय मागदाबी गरेको छ ।राजस्व चुहावट तथा विदेशी विनिमयतर्फ दायर गरिएको मुद्दामा बिगो ६ अर्ब ४५ अर्ब ८१लाख रुपैया कायम गरिएको छ भने सजाय मागदाबी  रकम  ७ अर्ब ३० करोड ३३ लाख कायम गरिएको विभागले जनाएको छ ।

    विभागको सोही प्रगति विवरण अनुसार धरौटी(लेखी पठाउने÷राजस्व रकम) माग दाबी तर्फ १८ करोड ४७ लाख ५ हजार रहेको उल्लेख गरिएको छ ।भीसीटीएस तर्फ ८सय १८ कम्पनी फर्म संख्या रहेको जनाउँदै विभागले सोको जरिवाना रकम ३ करोड २० लाख ९४ हजार रहेको उल्लेख गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस