Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

कपिलवस्तुको राजधानी तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 474
    Shares

  • कपिलवस्तुको राजधानी तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने

     

    काठमाडौँ । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ ।
     
    नेपाल सरकारको आर्थिक वर्ष २०७९÷२०८० तथा २०८०÷२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्तावेज तयार गरी पेस गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो । 

    फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्तावेज संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र ९युनेस्को० को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाउनुभएको हो । फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रुपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ । 

    प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्तावेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्ट महिनामा नेपाल आउने कोषले जनाएको छ । स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको सदस्य सचिव शाक्यले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस