Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

एनएलजी इन्स्योरेन्सको ९६ लाख ३१ हजार कित्ता हकप्रद शेयर मंगलवारदेखि विक्री खुला

एनएलजी इन्स्योरेन्सको ९६ लाख ३१ हजार कित्ता हकप्रद शेयर मंगलवारदेखि विक्री खुला

  • काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको भोलि मंगलवार अर्थात मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला हुने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । 
    उक्त हकप्रद शेयरमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन । 

    हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व वहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । 

    कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij