Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा


नया सडक

२०८१, जेठ २७ आइतबार

  • 633
    Shares

  • प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको सपथ समारोहमा
     
    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
     
    प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो । सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री दाहाल, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित हुनुहुन्थ्यो । यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको सपथ लिनुभएको थियो ।
     
    प्रधानमन्त्री दाहाल सपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।   
     
    प्रधानमन्त्री दाहालले भ्रमणका अवसरमा भारतीय समकक्षी मोदीबीच  भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।रासस

     

    प्रतिक्रिया दिनुहोस